क्लबस्तरीय भलिबल: उपाधिका लागि गलकोट र एपिएफ भिड्ने
महिलातर्फ धादिङ स्पोर्टस र नदीपुर एफसी उपाधिका लागि भिड्ने
पाेखरा | असोज १४, २०८१
पोखरा: पोखरामा जारी आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधिका लागि पुरुषतर्फ गलकोट स्पोर्टस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ मालेमाटनबीच हुने भएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा गलकोट स्पोर्टस क्लबले आँधिखोला दिल्लीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
छन्त्याल समाजको भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा गलकोटले आँधिखोला दिल्लीलाई पराजित गरेको हो ।
पहिलो सेट १८–२५ ले गुमाएको गलकोटले दोस्रो सेट २५– २२ले जितेको थियो । दोस्रो सेट जितेको गलकोटले तेस्रो १९–२५ ले गुमाएको थियो । गलकोटले चौथो २७–२५ र पाँचौ सेट १५–११ जित्दै फाइनलमा स्थान पक्का गरेको हो ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ मालेमाटनले नेपाल युथ स्पोर्टस क्लब जापानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको छ ।
एपिएफले नेपाल युथ स्पोर्टस क्लबलाई २५–२२, २५–२३ र २७–२५ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । उपाधिका लागि एपिएफले गलकोटसँग प्रतिस्पर्धा गर्नेछ ।
महिलातर्फ धादिङ स्पोर्टस र नदीपुर एफसी उपाधिका लागि भिड्ने
पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधिका लागि महिलातर्फ धादिङ स्पोर्टस क्लब र नदीपुर एफसी भिड्ने भएका छन् ।
महिलातर्फको पहिलो सेमिफाइनलमा नदीपुर एफसीले शान्ता भलिबल पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश ग¥यो ।
नदीपुर एफसीले शान्ता भलिबल पोखरालाई २६–०७ , २५–१६ र २५–१७ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा धादिङ स्पोर्टस क्लब धादिङले बागलुङ टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा नदीपुर एफसीसँग भेट पक्का गरेको छ ।
धादिङ स्पोर्टस क्लबले टिम बागलुङलाई २५–२३, २५–११ र २५–१७ ले पराजित गरेको हो ।

आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फको फाइनल खेल भोलि (मंगलबार) बिहान १० बजे र पुरुषतर्फको फाइनल खेल दिउँसो १ बजे पोखरा भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ ।
असोज ९ देखि १३ गतेसम्म सञ्चालन हुने भनिएको आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता अविरल वर्षाका कारण दुई दिन स्थगित भएको थियो ।
आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फका विजेताले नगद १ लाख ३० हजार, उपविजेताले ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै महिलातर्फको विजेताले नगद ५० हजार र उपविजेताले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।





पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

